ठेक्काको समय सिमा सकिने बेला सम्म पनि टालटुलमै अल्झिदै चाईना स्टेट करपोरेसन

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ५ गते १८:०६
ठेक्काको समय सिमा सकिने बेला सम्म पनि टालटुलमै अल्झिदै चाईना स्टेट करपोरेसन

सन्जय भट्टराई/कावासोती
पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक बिस्तारको ठेक्काको समय सिमा सकिने बेला सम्म पनि निमार्ण कार्यको जिम्मा पाएको चाईना स्टेट करपोरेसन भत्किएको बाटो टालटुलमै अल्झिएको छ ।

आयोजनाको खण्ड १ मा पर्ने गैंडाकोट देखि दाउन्ने सम्म ६५ किलोमिटर सडक पर्छ तर ६५ किलोमिटर सडक मध्ये मुस्किलले १२ देखि १५ किलेमिटर सडक मात्रै सवारी गुडाउन लायकको छ । सडक भत्किएर खाल्डाखुल्डी भए पछि आवतजावतमै समस्या आएको भन्दै व्यापक गुनासो आए पछि सडक निमार्णको जिम्मा पाएको चाईना स्टेट करपोरेसनले यति बेला सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतको काम सुरु गरेको हो ।

नारायणघाट बुटवल सडक आयोजनाका सुचना अधिकारी कृष्ण आचार्यले दशैं अगाडीनै खाल्डा पुर्ने र मर्मतको काम सम्पन्न हुने गरि कामलाई तिब्रता दिईएको बताए । “दशैं अगाडीनै खाल्डा पुर्ने र मर्मतको काम सम्पन्न हुन्छ, साथै मनसुन सकिन साथ सडक बिस्तारको कामले पनि गति लिन्छ,” आचार्यले भने । आर्चायका अनुसार मनसुन सकिए लगत्तै सडक बिस्तार सँगसँगै आयोजना भित्र पर्ने बिजुलीका पोलहरु समेत सार्ने गरि तयारी अगाडी बढाईएको छ ।

निमार्ण कम्पनिका यस अघिका कन्ट्रयाक्ट म्यानेजरले आयोजना र सरकारी निकायलाई नटेरेको भन्दै व्यापक गुनासो आए पछि चाईना स्टेट करपोरेसनले पहिलेका कन्ट्रयाक्ट म्यानेजर हटाएर नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको र नयाँ कन्ट्रयाक्ट म्यानेजरले आयोजना र सरकारी निकाय सँग समन्वय गरेर काम गरेको आचार्यले बताए । “अहिलेका कन्ट्रयाक्ट म्यानेजरले आयोजना र सरकारी निकाय सँग समन्वय गरेर मर्मत सँगसँगै सडक बिस्तारको काम अगाडी बढाएको हामीले पाएका छौं, अब काम निरन्तर अगाडी बढछ,” आचार्यले भने ।

चाईना स्टेट करपोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन दाउन्नेमा ३ लेन बिस्तार गर्ने गरि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरि ठेक्का पाएको थियो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । तर सडक बिस्तारको शिलान्यास भएको ३० महिनाको अवधीमा मात्रै ८.५ प्रतिशत काम सकिदा आयोजना भने समयमै नसकिने प्रस्ट देखिन्छ ।

 

प्रकाशित : २०७८ असोज ५ गते १८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI