सांसदका प्रत्यासी र नगर प्रमुख राखेर मध्यबिन्दुमा भण्डारीको प्यानल घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ६ गते ८:४६
सांसदका प्रत्यासी र नगर प्रमुख राखेर मध्यबिन्दुमा भण्डारीको प्यानल घोषणा

कावासोती । नेपाली काङ्ग्रेसको आगामी ९गते हुने भनिएको पालिका अधिवेशनको सरगर्मी बढे सँगै नवलपुरमा पनि धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिकामा वर्तमान सभापति समेत रहेका दोमन भण्डारीले सभापतिमा पुन दोहोरिने दाबी गर्दै पदाधिकारी सहितको आफ्नो प्यानल घोषणा गरेका छ्न ।

नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवं नवलपुर संघिय क्षेत्र नं २ का सांसदका प्रत्यासी उम्मेदवार विष्णुकुमार कार्की र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना सहितको उपस्थितिमा वर्तमान नगर सभापति रहेका दोमन भण्डारीले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरेका हुन ।

मंगलबार घोषणा गरिएको पदाधिकारीको प्यानलमा सभापतिमा दोमन भण्डारी , उपसभापतिमा पर्शुराम थारु र जित बहादुर थापा (जितु), सचिवमा तिलक न्यौपाने र हरी बस्ताकोटी सह सचिव गणेश महतो (बिफला )
र टेक बहादुर ढेङ्गा रहेका छ्न ।

जिल्लामा राम्रो प्रभाव भएका मानिएका नेता कार्की र नगरप्रमुख रानाको उपस्तिथिमा प्यानल घोषणा गरेर भण्डारीले मध्यविन्दु नगरपालिकामा आफू र आफ्नो प्यानलको बलियो रहेको दाबेदारी पेस गरेका हुन । उम्मेदवारी घोषणा सभामा महासमिति सदस्य भरत भुसाल, पार्टीका जिल्ला तथा क्षेत्रीय समितिका नेताहरु तथा निर्वाचित वडा अध्यक्षहरु सहित को नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७८ असोज ६ गते ८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI