No ads found for this position

काङ्ग्रेस महाधिवेशन : कावासोतीमा ढकाल नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ६ गते १४:४४
No ads found for this position
काङ्ग्रेस महाधिवेशन : कावासोतीमा ढकाल नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा
No ads found for this position

काशिराम महतो/कावासोती। नेपाली काङ्ग्रेसको यहि असोज ९ गते सम्पन्न हुने नगर अधिवेशनका लागी शालिकराम ढकालको नेतृत्वमा पदाधिकारी सहितको प्यानल घोषणा भएको छ ।

बुधबार कावासोतीको होटल दियालोमा कार्यक्रमको आयोजना गरेर पदाधिकारी सहितको प्यानल घोषणा गरिएको हो । शालिकराम ढकालको नेतृत्वमा घोषणा गरिएको प्यानलमा उपसभापतिमा गोमाया खण्डलुक र धन बहादुर(डि.बि) चौधरी, सचिवमा विनोद राना मगर र झविन्द्र प्रसाद काफ्ले, सहसचिवभोजराज भुर्तेल (किरण) र गोविन्दमान श्रेष्ठ रहेका छ्न ।

 

उम्मेदवारी घोषणा कार्यक्रममा काङ्ग्रेसका जिल्ला स्तरका नेताहरु, विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ असोज ६ गते १४:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI