ईपीएल क्रिकेट आजबाट सुरु, उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ९ गते ९:२३
ईपीएल क्रिकेट आजबाट सुरु, उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट आजदेखि सुरु हुँदैछ ।

नेपालकै चर्चित टी-२० क्रिकेटको चौथो संस्करणका आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेभएको हो ।

पहिलो खेल ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ बीच हुँदैछ । खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।
काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ ।

काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

प्रकाशित : २०७८ असोज ९ गते ९:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI