No ads found for this position

नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १० गते ९:२५
No ads found for this position
नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी
No ads found for this position

पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् ।

पार्टीको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै विजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।

\कुल खसेको मत १३ सय ४४ मध्ये सभापतिमा निर्वाचित विजक्छेले ४१४ मत पाए भने प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।

सभापति पका उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योती हमालले ११ मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित विजुक्छे यसअघि उपसभापतिको भूमिका निर्वाह गरेका थिए भने हाल पोखरा उद्योग वाणिज्य संघको महासचिव छन् । उनी २०३६ सालबाट नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा होमिएका थिए ।

यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि विजयी भएका छन् ।

प्रकाशित : २०७८ असोज १० गते ९:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI