गैंडाकोटमा बद्री सापकोटा प्यानलद्धारा उमेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १० गते १६:४२
गैंडाकोटमा बद्री सापकोटा प्यानलद्धारा उमेदवारी घोषणा

गैँडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैँडाकोट नगरपालिकामा बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको छ । होटल द नारायणीमा नगरसभापतिका दावेदार मध्येका एक खगराज सापकोटा र नेपाली काग्रेंस गैँडाकोटका विभिन्न वडाका १० जना वडा सभापतिहरुलाई साक्षी राखेर बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको हो ।
नगरसभापति बद्री सापकोटाको प्यानलमा उपसभापतिमा राजेश कुमार श्रेष्ठ र रोशनभक्त अधिकारी रहनु भएको छ । त्यसैगरी सतिवमा गोविन्द घिमिरे र कृष्णमुरारी खनाल रहनु भएको छ । त्यसैगरी नगर समितिको सहसचिवमा बद्री सापकोटा प्यानलले रत्न बहादुर बोहरा र बुद्धी प्रसाद न्यूरेलाई राखेको छ ।
बद्री सापकोटा प्यानलबाट उपसभापतिमा उठेका श्रेष्ठ र अधिकारी तथा सचिवमा उठेका घिमिरेले हिजो मात्रै खेमराज सापकोटा प्यानलमा आफुहरु नहरेको भन्दै विज्ञेप्ती जारी गर्नुभएकाे थियाे ।
प्यानल घोषणा कार्यक्रममा बोल्दै नगरसभापति पदका दावेदार मध्येका एक नेता खगराज सापकोटाले आफुले बद्री सापकोटालाई सर्मथन गर्दै उमेदवारी नदिने निष्र्कशमा पुगेको बताउनुु भयो । आफुले चुनावमा नउठ्ने घोषणा गर्दै बद्री सापकोटालाई समर्थन गरेपछि अन्य सभापतिका आकांक्षीहरुले पनि नैतिक रुपमा बाध्य भएर सर्मथन गर्नुपर्ने बताउनु भयो ।
प्यानल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पदका उमेदवार बद्री सापकोटाले नेपाली काग्रेसलाई बलियो बनाउन आफ्नो टिम लागि पर्ने बताउनुु भयो । आफ्नो नेतृत्वको टिमले पार्टिलाई पाँचबर्षमा बलियो बनाउने भन्दै सबै कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने बताउनुभयो । वडा सभापतिको उपस्थिितिले आफुहरु थप उत्साहित भएको भन्दै उहाँले अझैपनि सहमतिको लागि आफुुहरु तयार रहेको बताउनुभयो ।
सभापति पदका अर्का अकांक्षी दाताराम घिमिरे र नेता नरहरी सापकोटा समेतले आफुलाई सर्मथन गरेको र भोलिको नोमिनेसमा उमेदवारी नदिने बचन दिएको उहाँको भनाई थियो ।

प्रकाशित : २०७८ असोज १० गते १६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI