No ads found for this position

खेमराज सापकोटाले सभापतिमा उम्मेद्वारी दिँदै भन्नुभयो “साथ छोडेका साथीहरु सहयात्री हुनेछन्”

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ११ गते १०:४३
No ads found for this position
खेमराज सापकोटाले सभापतिमा उम्मेद्वारी दिँदै भन्नुभयो “साथ छोडेका साथीहरु सहयात्री हुनेछन्”
No ads found for this position

गैँडाकोट । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरसभापतिमा खेमराज सापकोटाले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । सोमबार विहान पत्रकार सम्मेलन गर्दै सापकोटाले राजनीतिक निष्ठा र गैँडाकोटको भरोसा कायम राख्न आफुले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । सापकोटाले अब आफ्नो कुनै प्यानल नहुने आफु स्वतन्त्र उम्मेदवार भएको बताउनुभएको छ ।

यस अघि आफ्नो प्यानलमा रहेका साथीहरु जुन सोचले जता गएपनि आगामी दिनमा उहाँहरु सहयात्री हुने खेमराज सापकोटाले बताउनुभएको छ । सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ “नगरअधिवेशनको पूर्व सन्ध्यामा नगरसमितिका सम्बन्धमा अग्रज व्यक्तित्वहरुकै समुपस्थितिमा यस अघि मेरो नेतृत्वमा समितिमा नाम रहेका साथीहरु विशेष कारणवश फरक समुह वा स्वतन्त्ररुपमा निर्वाचनमा सहभागि हुने घोषणा गर्नुभएको छ । जुन रुपमा उम्मेदवारी गर्नुभएको भएपनि उहाँहरु सहयात्री भएको र आगामी दिनमा उहाँहरुसंगको सहकार्य जारी नै रहनेछ भन्ने कुरामा सम्पूर्ण साथीहरुलाई विश्वास दिलाउँछु ।”

पार्टीको आन्तरिक निर्वाचनमा आफ्ना बारेमा सिर्जना गरिएका भ्रम, अविश्वास, आक्षेप, अस्वस्थ राजनीतिक प्रचारबाजीले मलाई दुःखी एवं आश्चर्य तुल्याएको सापकोटाले बताउनुभएको छ । स्वार्थ प्रेरित, अस्थिर र ढुलमुले नीति र व्यवहारले संगठनलाई हित नगर्ने भन्दै नगरवासीको समृद्धिका लागि सचेत रहन समेत काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको छ । साझा वैचारिक, संगठीत र गतिशील संगठन निर्माणका लागि आफुले नगरसभापतिमा उम्मेद्वारी दिएको बताउनुभएको छ । “स्थानीय राजनीतिक नेतृत्व निर्माणका माध्यमबाट दिगो राजनीतिक विकास, भौतिक तथा वैचारिक विकासमा निष्ठावान तथा विवेकवान काँग्रेसको सहभागिता तथा आशा भरोसा र संभावनाको राजनीतिको लागि आफुले उम्मेदवारी दिएको छ” सापकोटाले विज्ञप्तीमा भन्नुभएको छ ।

प्रकाशित : २०७८ असोज ११ गते १०:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI