No ads found for this position

नवलपुरमा पौडेल पक्ष कम्जोर,कोइरालालाई देउवाको सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १३ गते १८:५०
No ads found for this position
नवलपुरमा पौडेल पक्ष कम्जोर,कोइरालालाई देउवाको सहयोग
No ads found for this position

कावासोती  । नेपाली काङ्ग्रेसको नवलपुरमा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समुह कम्जोर देखिएको छ ।
केन्द्रमा एकै समुहमा देखिएका वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला नवलपुरमा भने छुट्टाछुट्टै समुह बनाएर मैदानमा उत्रिएका थिए ।

जिल्लाको आठ वटा स्थानीय तहमा सम्पन्न अधिवेशन बाट पौडेल समुहले दुई वटा स्थानीय तहमा मात्रै जित निकालेको हो । कावासोती र देवचुलीमा पौडेल समुहका क्रमशः शालिकराम ढकाल र डिल्लीराम कडरियाले नेतृत्वमा बाजि मारेका हुन । कावासोतीमा ढकालले कोइराला र देउवा समुहबाट साझा उम्मेदवारी दिएका अमृतकुमार श्रेष्ठलाई ८० मतान्तरले पराजित गरेका हुन भने देवचुलीमा कोइराला समुहका उम्मेदवार रविलाल सापकोटा र पौडेल समुहका उम्मेदवार डिल्लीराम कडरियाको मत बराबरी आए पछि गोला प्रथा बाट कडरिया सभापति बनेका हुन ।

त्यसै गरि गैंडाकोट नगरपालिकामा कोईराला समुहका बद्री सापकोटाले पौडेल समुहका खेम सापकोटालाई पराजित गरेका छ्न भने बुलिङ्गटारमा कोइराला समुहका ओमकुमार श्रेष्ठ सर्वसम्मत रुपमा सभापति बनेका हुन ।

कोइराला र देउवा समूह बिच तालमेल भएपछी मध्यविन्दु नगरपालिका , हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकामा देउवा निकट समुहका उम्मेदवारले बाजी मारेका हुन । मध्यविन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना र विनयी त्रिवेणीमा अजितकुमार थापाले पौडेल समुहका उम्मेदवारलाई पराजित गरेका हुन भने बौदीकालीमा प्रेस युनियनका केन्द्रिय सचीव समेत रहेका केबि रानाले पौडेल समुहका उम्मेदवारलाई पराजित गरेर सभापति बनेका छन । रानाले भने आफू कुनै पनि समुहमा नरहेको बताएका छन ।

 

प्रकाशित : २०७८ असोज १३ गते १८:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI