No ads found for this position

ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्याख्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १८ गते ७:००
No ads found for this position
ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्याख्या
No ads found for this position

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव संशोधनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन आइतबार सम्पन्न भएको छ ।

ललितपुरको गोदावरीमा शुक्रबार सुरु भई आइतबार सकिएको प्रथम विधान महाधिवेशनले एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एकमहासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी र पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था गरेको छ । साथै, विधान महाधिवेशनले ७० वर्षे उमेर हदको पनि व्याख्या गरेको छ ।

महासचिव पोखरेलले आफ्नो सांगठनिक प्रतिवेदनमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था नगरेकोमा विधान महाधिवेशनले यी पदहरू थपेको हो । यद्यपि, विधान महाधिवेशनले उपमहासचिवको संख्या दुईबाट एकमा झारेको छ भने सचिवको संख्या पाँचबाट बढाएर सात पु-याएको छ । उपाध्यक्षको संख्या पाँचलाई यथावत् राखेर एक जना वरिष्ठ हुने व्यवस्था गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ असोज १८ गते ७:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI