रक्सी छाड्न एक किलो बढी काँटी र किला खाए !

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १८ गते ८:५२
रक्सी छाड्न एक किलो बढी काँटी र किला खाए !

बीबीसी । लिथुआनियामा डाक्टरहरुले एक व्यक्तिको पेटबाट एक किलो भन्दा बढी तौलको काँटी, किल्ला, स्क्रु र छुरी निकालेको स्थानीय मिडियाले रिपोर्ट गरेको छ ।

रक्सी छाड्नका लागि भनेर उनले विगत एक महिनादेखि धातुजन्य वस्तुहरु निल्ने गरेको डाक्टरहरुले बताएका छन् ।

यसरी उनको पेटबाट निकालिएका केही धातुहरु १० सेन्टिमिटरसम्म लामो रहेको बताइएको छ । उनीहरुले यो घटना अत्यन्तै दुलर्भ भएको बताएका छन् । त्यहाँको स्थानीय प्रशारकले उनको पेटबाट एउटा ट्रे भरि धातुजन्य पदार्थ निकालेको देखाएको थियो ।

उनको शल्यक्रिया तीन घण्टा लामो थियो ।

पेटमा अत्याधिक दुखाइ भएको भन्दै उनलाई एम्बुलेन्समा हालेर क्लाइपेडा युनिभर्सिटी हस्पिटलको इमरजेन्सीमा ल्याइएको थियो । उनी अहिले अस्पतालमै ठीक अवस्थामा रहेको बताइएको छ ।

प्रकाशित : २०७८ असोज १८ गते ८:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI