No ads found for this position

भाडा वृद्धिकाे माग गर्दै सार्वजनिक बस व्यवसायी हड्तालमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १८ गते ११:४६
No ads found for this position
भाडा वृद्धिकाे माग गर्दै सार्वजनिक बस व्यवसायी हड्तालमा
No ads found for this position

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै सवारी भाडा नबढेकाे भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी) संजिव शर्मा दासले गोरखापत्र अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, “ भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायीहरु हड्तालमा उत्रेका छन् ।” व्यवसायीहरुले रिङ्गरोड बाहिर सबैतिर जाम गरेका उहाँको भनाइ छ । अहिले चक्रपथ क्षेत्रमा सवारी जाम भएकाे छ ।

चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकणर्ेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् । तेलको मुल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प रहेको छ । बस ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

प्रकाशित : २०७८ असोज १८ गते ११:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI