No ads found for this position

फेसबुकसहितका संजाल बन्द, जुकरबर्गले मागे माफी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १९ गते ९:४६
No ads found for this position
फेसबुकसहितका संजाल बन्द, जुकरबर्गले मागे माफी
No ads found for this position

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता सामाजिक संजाल करिब ६ घण्टासम्म बन्द भएको छ । जसका कारण अरबौं प्रयोगकर्ताले समस्या खेप्नु परेको छ ।

सोमबार राति ९ः३० बजेदेखि समस्या आएको थियो । त्यस लगत्तै ट्वीटरमा यसबारे प्रतिक्रिया आउन थालेको थियो ।

फेसबुकका १ करोडभन्दा बढीले लामो समयसम्म पनि समाधान नभएको भन्दै गुनासो गरिरहेका थिए ।

बताइए अनुसार कम्पनीको सर्भर डाउन भएका कारणले गर्दा समस्या आएको हो । आउटेज ट्रेकिङ कम्पनी डाउनडिटेक्टर डट कमका अनुसार विश्वभर १ करोड भन्दा बढी प्रयोगकर्ताले गुनासो दर्ता गराएका थिए ।

यसैबीच फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । फेसबुक कर्म समय डाउन हुने गरे पनि विश्वभर मै यसले चिन्ता ल्याएको छ ।

समस्या आए पनि समस्या के कारणले आयो भनी कम्पनीले बताउने गरेको छैन । सन् २०१९ मा पनि फेसबुकमा समस्या आउँदा कम्पनीले रुटिन मेन्टेन अपरेशनका क्रममा समस्या आएको बताएको थियो ।

यसअघि ६ महिना पहिले पनि ४२ मिनेटसम्म यी प्लेटफर्ममा समस्या आएको थियो ।

प्रकाशित : २०७८ असोज १९ गते ९:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI