महाधिवेशन प्रतिनिधि हारेको व्यक्ति जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १९ गते १५:०५
महाधिवेशन प्रतिनिधि हारेको व्यक्ति जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि हारेको व्यक्ति जिल्ला कार्यसमितिको पदाधिकारीमा चुनाव लड्न पाउने भएको छ ।  महाधिवेशन प्रतिनिधि हारेको व्यक्ति जिल्ला सभापतिबाहेक अन्य पदमा चुनाव लड्न पाउने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक महादेव यादवले विज्ञप्ति जारी गर्दै तल्लो तहमा यसबारे सर्कुलर गरेका हुन् ।

असोज १८ गते बसेको निर्वाचन समितिको बैठकले पार्टीको विधानमा उल्लेख नभए पनि जिल्ला–जिल्लाबाट आएको गुनासोलाई सम्बोधन गर्दै यस्तो व्यवस्था गरिएको जनाएको छ ।

दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूको हकमा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित कुनै पनि व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेक कार्यसमितिको अन्य पदमा उमेदवार बन्न पाउनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २०७८ असोज १९ गते १५:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI