३३ किलो सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १९ गते १५:१०
३३ किलो सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो।

यस्तै,  राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।  सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ। अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ।

प्रकाशित : २०७८ असोज १९ गते १५:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI