ग्राहक तान्न कावासोतीको नयाँ बजारमा अम्ब्रेला स्ट्रीट

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २० गते ८:३६
ग्राहक तान्न कावासोतीको नयाँ बजारमा अम्ब्रेला स्ट्रीट

नवलपुर । चाडपर्वहरु शुरु भएका छन् । कोरोनाले थलिएका ब्यवसायीहरु आफ्नो पु्रानै लयमा फर्किन थालेका छन् । ग्राहक उपभोक्ताको आकर्षण बढाउन, मान्छेहरुको चहलपहल बढाउन नवलपुरको सदरमुकाम समेत रहेको कावासोतीको नयाँबजारको गल्लीलाई छातै–छाताले सजाएर अम्व्रेला स्ट्रीटको रुपमा सजाईएको छ ।

कोरोनाले थलिएका ब्यवसायीहरु आफ्नो पु्रानै लयमा फर्किन थालेका छन् । ग्राहक उपभोक्ताको आकर्षण बढाउन, मान्छेहरुको चहलपहल बढाउन नवलपुरको सदरमुकाम समेत रहेको कावासोतीको नयाँबजारको गल्लीलाई छातै–छाताले सजाएर अम्व्रेला स्ट्रीटको रुपमा सजाईएको छ ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरको जोखिमका कारण थुप्रै क्षेत्रहरु नराम्ररी प्रभावित भए । तिमध्ये बजारमा कोठा–सटर भाडामा लिएर ब्यापार–ब्यवसाय गर्ने ब्यापारीहरुमा पनि बन्दावन्दीका कारण आर्थिक सन्तुलनमा प्रभाव पर्यो ।

अहिले चाडपर्वको बेला छ । अरुवेलाभन्दा औषत रुपमा चाडपर्वको समयमा ब्यापार ब्यवसाय बढी हुने गर्दछ । चाडपर्वलाई हर्षोल्लासका साथ मनाउने, पर्व विदामा घुमफिर गर्ने, आवश्यक सरसामान जुटाउने कारणले गर्दा सवै खाले ब्यवसाय राम्रोसँग हुने सिजन पनि यही हो । यो सिजनमा अन्यत्रबाट वजार गर्न आउनेलाई आफ्नोमा आकर्षण गर्न कावासोती नयाँ वजारका ब्यवसायीले बजारको गल्लीमा छाता टाँगेर अम्व्रेला स्ट्रीटका रुपमा नयाँ वजारलाई सिंगारेका हुन् ।

अम्ब्रेला स्ट्रीट नौलो नभएपनि कावासोती आउनेहरु एक पटक स्ट्रीटमा आएर फोटो खिच्ने, टिकटक बनाउनेहरु भने बढेका छन् ।


बजारमा घर भएका घरधनी र नयाँ वजारमा ब्यापार ब्यवसाय सञ्चालकहरुको संयुक्त लगानीमा लगाईएको छाता १ सय मिटरसम्म फैलिएको  छ । यसलाई थप बिस्तार गरिने नयाँवजार वजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद चापागाईले बताउनुभयो ।

चितवनको अम्व्रेला स्ट्रीट निकै चर्चित छ ।  अन्य ठाउँहरुमा समेत  गल्ली वजार सजाउनु र आकर्षक बनाउनु पक्कै पनि राम्रो हो । ब्यवसायी तथा नागरिकले स्वतस्फुर्त रुपमा थालेको यो प्रयासलाई आन्तरिक पर्यटक आकर्षित गर्ने गरि थप विस्तार गर्न सरोकारवाला निकाय र स्थानीय सरकारले पनि ध्यान दिने कि ?

प्रकाशित : २०७८ असोज २० गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI