रहेनन रामायणका रावण

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २० गते ८:५७
रहेनन  रामायणका रावण

काठमाडौं । टेलिभिजनको सबैभन्दा लोकप्रिय कार्यक्रम रामायण (सबैभन्दा पुरानो श्रृंखला) का रावणको निधन भएको छ । रावणको भूमिका निभाएका कलाकार तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार राति निधन भएको हो ।

उनी ८३ वर्षका थिए । उनका भतिज कौस्तुभले अरविन्दको निधन राति १० बजे भएको बताएका छन् । २–३ दिनदेखि उनको स्वास्थ्य बिग्रिएको थियो । उनी यसअघि कुनै रोगबाट पीडित थिएनन् ।

गत वर्षदेखि नै उनको निधनलाई लिएर चर्चा हुने गरेको थियो । अफवाहसमेत फैलदै आएको थियो ।

उनको जन्म मध्यप्रदेशको उज्जैन शहरमा भएको थियो । उनले करिब ३०० हिन्दी तथा गुजराती फिल्ममा अभिनय गरेका थिए ।

गुजराती भाषाको धार्मिक तथा सामाजिक फिल्ममा उनलाई निकै मन पराइन्थ्यो । जहाँ उनले ४० वर्ष योगदान दिएका थिए ।

उनलाई गुजरात सरकारले प्रदान गर्ने चलचित्रका सर्वश्रेष्ठ अभिनयका सात पुरस्कार पाएका थिए । उनलाई सन् २००२ मा केन्द्रीय फिल्म प्रमाण बोर्ड स्बीएफसीको कार्यकारी अध्यक्षका रुपमा मनोनित गरिएको थियो ।

उनी सन् २००२ को १६ अक्टुबरदेखि २००३ सम्म सीबीएफसी प्रमुखका रुपमा कार्यरत थिए ।

उनी सन् १९९१ देखि १९९६ सम्म भारतीय जनता पार्टीको सदस्यका रुपमा सांसद रहेका थिए ।

प्रकाशित : २०७८ असोज २० गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI