काँग्रेस पालिका अधिवेशन : सात प्रदेशमा कुन पक्षका कति निर्वाचित ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २० गते १४:५५
काँग्रेस पालिका अधिवेशन : सात प्रदेशमा कुन पक्षका कति निर्वाचित ?

नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पाैडेल पक्षकाे कडा टक्कर देखिएको छ ।

मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७​पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंह लगायत पक्षका भने २ सय ४९ जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन्

बागमती, कर्णाली र सुदूरपश्चिममा देउवा पक्ष बलिएको देखिएको छ भने प्रदेश एक र लुम्बिनी र गण्डकीमा पौडेल पक्ष अगाडि देखिएको छ । तर संस्थापन पक्षले भने सबै प्रदेशका पालिका बहुमत  हासिल गरेको दाबी गरेको छ

प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल–कोइराला पक्षले ६३ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ४० स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।

त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका ४६ जनाले पालिकाको सभापतिमा जित हासिल गरेका छन् ।

लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशन भएकाे छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने ४८ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिका मध्य देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कतिपय निर्वाचित सभापतिहरू कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् ।

सुदूरपश्चिम प्रदेशका सम्पन्न  ७७ पालिका अधिवेशनमा देउवा पक्ष  ५५ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने २७ ठाउँमा मात्रै जितेको छ ।  सुदूरपश्चिममा केही पालिका अधिवेशन हुन बाँकी छ ।

प्रकाशित : २०७८ असोज २० गते १४:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI