जर्मनी र बेलायती वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रको नोबेल पुरस्कार

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २० गते २०:५७
जर्मनी र बेलायती वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रको नोबेल पुरस्कार

काठमाडौं । जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानले यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा पाएका छन् ।

नोबेल पुरस्कार कमिटिले उनीहरुलाई अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा नोबेल पुरस्कार दिने घोषणा गरको हो ।

नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ ।

यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

प्रकाशित : २०७८ असोज २० गते २०:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI