सीता भण्डारी मृत्यु प्रकरण : श्रीमानसहित ३ जना पुर्पक्षको लागि थुनामा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २१ गते १०:५७
सीता भण्डारी मृत्यु प्रकरण : श्रीमानसहित ३ जना पुर्पक्षको लागि थुनामा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको मृत्यु घटनामा जोडिएका ३ जनालाई पुरपक्षका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

घटनामा जोडिएका सीताका श्रीमान टीका पौड्याल, जेठाजू हरि पौड्याल र दिदी बिष्णु पौड्याललाई पुर्पक्षका लागि अदालतले थुनामा पठाइएको हो । उनीहरुलाई आत्महत्या दुरुत्साहन मुद्धा परेको थियो ।

जिल्ला अदालत रुपन्देहीले तीनै जनालाई जिल्ला कारागारमा थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले जानकारी दिएका छन् ।

भण्डारी गत भदौं २९ गते बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या भएको दावी गर्दै आन्दोलनरत गरिरहेका छन् । मृत्युको एक महिना नाघ्दा पनि उनीहरले शव उठाउन दिएका छैनन् ।

छोरीको हत्या नै भएको दावी गर्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि उनीहरुले आन्दोलन नै गरेका छन् ।

उनीहरुले आवज उठाएपछि तीनै जनालई आत्माहत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल, उनकी दिदी बिष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थुनामा जाने जेठाजु तिलोतमा नगरपालिका-५ का वडा सदस्य हुन् । उनका भाई तानसेन स्थित दि दरवार रिसोर्ट एन्ड कटेजका संचालक हुन् ।

दिदी चितवन स्थित बिबाहित महिला हुन्। चारनम्बर टोल माइतिमा रहेकी सितालाइ अघिल्लो दिन श्रीमानले घर बोलाएर गएकी थिइन् । श्रीमतिको शव कोठामा छाडेर बिहाने घरबाट बाहिरिएका पौडेल माइती पक्षबाट आएको केही बेरपछि मेरो श्रीमति मार्ने यही हो भन्दै दिदीलाई चोर औला उठाएका माइती पक्षको दावी छ ।

प्रकाशित : २०७८ असोज २१ गते १०:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI