निधारमा तिलक वा चन्दन लगाउनुका वैज्ञानिक कारण

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २१ गते ११:०९
निधारमा तिलक वा चन्दन लगाउनुका वैज्ञानिक कारण

निधारमा तिलक वा चन्दन लगाउनु हिन्दू धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जपपूजा गरिसकेपछि चन्दन, भस्म, केशर लगाइने गरिन्छ ।

तिलक लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन लगाइन्छ ।

यो आज्ञाचक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ ।

आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।

अनि दशैंमा अक्षता लगाइन्छ । यसरी तिलकमा चामल मिसाएर लगाउँदा देवी प्रसन्न हुनुहुने मान्यता छ ।

महिलाहरूले सिउँदोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फुर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ ।

प्रकाशित : २०७८ असोज २१ गते ११:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI