जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, २० जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २२ गते ७:३१
जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, २० जना घाइते

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार बिहीबार राति १०ः४१ मा टोकियोमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु राजधानी टोकियोको पूर्वमा रहेको चिबा प्रान्तमा रहेको जनाइएको छ ।

भूकम्पमा परि २० भन्दा बढी मानिसहरु घाइते भएको द जापान टाइम्सले जनाएको छ । भूकम्पको कारण केही रेल लाइनहरु अवरुद्ध हुनुका साथै लाइन काटिएको भएता पनि ठूलो क्षति भने नभएको जनाइएको छ ।

यद्यपी विज्ञहरुले यसै हप्ता भित्र यस्तै तीव्रताको भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । चेतावनीलाई मध्यनजर गर्दै सरकारले आपतकालीन प्रतिक्रिया कार्यदल गठन गरेको जनाइएको छ ।

यसअघि पनि अगस्ट ४, २०२१ मा टोकियोको तटमा भूकम्पको धक्का महसुस गरिएको थियो । त्यस समयमा भूकम्पको परिमाण ६ रेक्टर स्केल मापन गरिएको थियो ।

जापानमा समय-समयमा भूकम्प आइरहने भएकाले भवन र घरहरुको डिजाइन पनि सोही अनुसार गरिने भएकाले धेरै क्षति नहुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : २०७८ असोज २२ गते ७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI