कांग्रेसले यो वर्ष पनि चियापान नगर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते ११:२३
कांग्रेसले यो वर्ष पनि चियापान नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले दशैंका अवसरमा हरेक वर्ष आयोजना गर्ने चियापान यसपटक नगर्ने भएको छ । कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले प्रत्येक वर्ष चियापान गर्दै आएको छ ।

बिहीबार कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर चियापान कार्यक्रम नगर्ने जनाएका छन् ।

‘कांग्रेस नेतृत्वको सरकारले खोपको व्यापक गरे पश्चात् महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो ।’

कांग्रेसले चियापानमा सबै राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, सुरक्षा निकाय, निजामती कर्मचारी, नागरिक समाजलाई बोलाउँदै आएको छ । अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण कांग्रेसले चियापन आयोजना गरेको थिएन ।

प्रकाशित : २०७८ असोज २३ गते ११:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI