राष्ट्रिय जनगणना-२०७८ : नवलपुरमा २८ हजार परिवार बढे

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते १३:३२
राष्ट्रिय जनगणना-२०७८ : नवलपुरमा २८ हजार परिवार बढे

सन्जय भटटराई/नवलपुर । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा २८ हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदन अनुसार ९५ हजार घरपरीवार  दर्ता भएका सहायक जिल्ला जनगणना अधिकारी रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

विसं २०६८ को जनगणनामा यहाँ ६६ हजार ९ सय ३४ परिवार थियो । अधिकारीका अनुसार पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार २८०६६ परिवार थपिएका छन्, । यो प्रारम्भिक तथ्याङ्क भएकाले केही थपघट हुनसक्ने अधिकारीले बताए ।
यसै गरि जनगणनाको प्रारम्भिक रिपोर्ट अनुसार जिल्लामा एक लाख ५ हजार घर धुरी रहेको र  ८२ हजार घरमा जनगणना गरिएको अधिकारीले बताए ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या ३ लाख ११ हजार ६०४ रहेकामा ६६ हजार ९ सय ३४ परिवार सङख्या पुगेको थियो ।

 

प्रकाशित : २०७८ असोज २३ गते १३:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI