दुई छोराका घाँटी कसेर हत्या गरेपछि आमाले गरिन् आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते १५:५४
दुई छोराका घाँटी कसेर हत्या गरेपछि आमाले गरिन् आत्महत्या

धनुषा । धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी हुन् ।

धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् ।

गुडियाका श्रीमान् गुरुदेव साह बिहानै मजदुरी गर्नका लागि घरबाट बाहिर निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनले यस विषयमा थप अनुसन्धान भईरहेको बताए ।

प्रकाशित : २०७८ असोज २३ गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI