लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको भू-भाग बनाउन अघि बढ्छु : रक्षा मन्त्री रिजाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते १७:१३
लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको भू-भाग बनाउन अघि बढ्छु : रक्षा मन्त्री रिजाल

विराटनगर । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको भू-भाग बनाउने कार्य गर्ने नवनियुक्त रक्षा मन्त्री डा. मीनेन्द्र रिजालले बताएका छन् ।

मन्त्री बनेको भोलिपल्ट शनिबार विराटनगरमा सञ्चारकर्मीसँंगको कुराकानीमा मन्त्री रिजालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपालको स्वामित्वको भू-भाग रहेको बताउँदै अब पूर्ण रुपमा नेपालको भूभाग बनाउने कार्यमा अघि बढ्ने बताए ।

नेपाल– सीमामा पर्ने उक्त भूभाग नेपाल पक्षले आफ्नो रहेको भन्दै नक्सामा उक्त भूभाग समेटेको छ । तर, भारतले भने उक्त भू-भाग रहेको भन्दै हस्तक्षेप नीति अपनाइरहेको छ ।

उनका अनुसार सहमतिको राष्ट्रिय सुरक्षा नीति बनाइने र यसले मुलुकको अखण्डता र सार्वभौमिकताको रक्षा गरिनेछ । नेपाली सेनाले कमाएको ख्यातीलाई अभिवृद्धि गर्न रक्षा मन्त्रीको नाताले आफूले त्यो ख्यातीलाई अझ उचाइमा पुर्याउने पनि बताए ।

मन्त्री रिजालले गठबन्धनको संस्कृतिअनुसार नै मन्त्रालय र प्रदेश सरकारको नेतृत्व बाँडफाँड गरिएकाले यसलाई अन्यथा नलिन पनि आग्रह गरे । उनले कसैले कसैलाई हेपिएको अनुभूति हुने गरि बाँडफाँड नगरिएको पनि बताए ।

प्रकाशित : २०७८ असोज २३ गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI