विनयी त्रिवेणीमा ४ सय ७० जना नेपाली काङ्ग्रेसमा प्रवेश, नेता कार्कीले गरे स्वागत

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते १८:३०
विनयी त्रिवेणीमा ४ सय ७० जना नेपाली काङ्ग्रेसमा प्रवेश, नेता कार्कीले गरे स्वागत

नवलपुर । नवलपुरको विनयी त्रिवेणीमा विभिन्न पार्टी परित्याग गरि ४ सय ७० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । प्रबेश गर्नेहरु बिनयी त्रिबेणी गाउँपालिका वडा नम्बर १ र २ को रहेको र उनिहरु यस अघि नेकपा एमाले र माओवादीमा आबद्ध रहेका नेपाली काङ्ग्रेस बिनयी त्रिबेणीका सभापति अजित कुमार थापाले बताए ।

 

शनिबार नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी विष्णुकुमार कार्कीले उनिहरुलाई काङ्ग्रेसमा स्वागत गरेका हुन ।

नवप्रबेशीलाई स्वागत गर्दै नेता कार्कीले काङ्ग्रेसले मात्र देशलाई बिकाश र निकाशको दिशामा लैजाने बताउदै लामो समय सरकारको नेतृत्व गरेर देशलाई कङ्गाल बनाएको एमालेले देउवाले नेतृत्व गरेको ३ महिनामै सरकारको परिणाम खोज्नु हास्यास्पद रहेको जिकिर गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरु श्याम श्रेष्ठ,सीता पाण्डे देबकोटा,डम्बर जिसिले देशभर पाटी प्रवेशको लहर चलेकाले अबको चुनाबमा नेपाली काङ्ग्रेस पहिलो पाटी बन्ने दाबी गरेका थिए ।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिकाका सभापति अजित कुमार थापाको अध्यक्षता एवं नेपाली काङ्ग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी विष्णुकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेताहरु गणेशमान श्रेस्ठ,जगत कार्की,उदय अर्याल,बिष्णु ढकाल,चन्द्र बहादुर दरै ,कृष्ण तिवारी,राजु पाण्डे,शंकर तिवारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित : २०७८ असोज २३ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI