मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, डेढ दर्जन घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २६ गते १४:५६

मुगु । नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । दुर्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो ।

छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँमा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने डेढ दर्जन जति यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ । अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको मुगु प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असोज २६ गते १४:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI