No ads found for this position

मुगु बस दुर्घटना अपडेट : २३ यात्रुको मृत्यु, उद्धारका लागि हेलिकप्टर बोलाइयो, प्लेन होल्डमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २६ गते १५:२६
No ads found for this position
No ads found for this position

नेपालगञ्जबाट मुगु गमगढी जाँदै गरेको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ तपनेखोलामा दुर्घटना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए । ‘७० जना यात्रु थिए भन्ने कुरा आएको छ,’ उनले भने, ‘घाइतेहरूको उद्धार कार्य जारी छ, हेलिकप्टर पनि मगाएका छौं । मुगुमा रहेको प्लेन पनि घाइतेहरूलाई अस्पताल लैजानका लागि रोकिएको छ ।’

बस करीब २५० मिटर तल खसेको मुगु प्रहरीले  जनाएको छ ।

प्रकाशित : २०७८ असोज २६ गते १५:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI