No ads found for this position

मुगु शोकमा : टायर पन्चर हुँदा ३२ जनाको ज्यान गयो, ४ बाहेक सबैको सनाखत (अपडेट)

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २७ गते १२:२७
No ads found for this position
मुगु शोकमा : टायर पन्चर हुँदा ३२ जनाको ज्यान गयो, ४ बाहेक सबैको सनाखत (अपडेट)
No ads found for this position

मुगु । नेपालगन्जबाट मुगु आउँदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस दुर्घटनाका कारण दशैँकाे बेला मुगु जिल्ला नै शाेकमा डुबेकाे छ । दुर्घटनाको कारण टायर पञ्चर भएको बताइएको छ । मंगलबार उक्त दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको मुगु प्रहरीको भनाइ छ ।

उक्त यात्रुबाहक मंगलबार दिउँसो १ बजे छाँयानाथ रारा नगरपालिका– ७ पिना गाँउको तपनेखोलामा दुर्घटना भएको थियो । उत्त बसमा चालकसहित ४६ जना यात्रुहरु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइड तिरको टायर पञ्चर भई बस अनियन्त्रि हँुदा ५ सय मिटर तल खसेको बताइएको छ । सो क्रममा ३२ जनाको मृत्यु र १२ जना घाइते भएको गएको प्रहरीको बताएकोे हो । २ जना चाहिँ सकुशल रहन सकेका छन् ।

दुर्घटनास्थल पिना गाँउमा रहेको प्रहरी चौकीबाट २ मिनेट टाढा भिरालो मोडमा रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठुलो आवाजमा पड्केको केही सुन्नेबित्तिकै बस भीरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालक तिरको टायर च्यातिएको देख्दा दुर्घटनामा अन्य कारण नभई टायर पञ्चर रहेको अनुमान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चित्र बहादुर भट्टराईले मृतक ३२ मध्ये २८ जनाको सनाखत भइसकेको बताए । उक्त बसका यात्रुहरु दशैँ बिदामा घर फर्केका काठमाडौँलगाएत अन्य शहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी तथा युवायुवतीहरु रहेको उनले जानकारी दिए ।

मृत्यु हुनेमा १८ जना पुरुष, ८ जना महिला र २ जना नाबालक रहेका छन् । उनीहरुको पहिचान (सनाखत) भइसकेको छ । ४ जनाको भने सनाखत हुन बाँकी रहेको छ ।

यी हुन् सनाखत भएका मृतक

प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै मृत्यु हनेमा छाँयानाथ रारा नगरपालिका—७ की बर्ष १९ बर्षिया लग्न सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाकी अन्दाजी २० बर्षिया मनदेवी बम रहेका छन् । यसैगरी सोही नगरपालिका— १० की १८ बर्षिया पुजा बुढा, सोही नगरपालिका— ८ का ३३ वर्षिया प्यारी विक, सोही वडाका २२ वर्षिया सन्तोस बिटालु रहेका छन् ।

यसैगरी सोही नगरपालिका—१२ का २२ बर्षिया छारा सावत सोही नगरपालिका— का अन्दाजी ३५ बर्षिय बस चालक दानबहादुर रावल सोही नगरपालिका—१० कि २० बर्षिया सरिता खड्का १४ का २२ बर्षिया कर्णसिह बुढा, १ की २३ बर्षिया चन्द्रादेबी मल्ल,६ की रामामाया भाम सोही वडाका १८ बर्षिय उम्मर सावद, ११ का २२ बर्षिय प्रकाश बुढा,५ का २९ बर्षिय अजय कार्की, साही वडाकी ३२ बर्षिय कमला बिसी १० का २२ बर्षिय सुनबहादुर बिक १४ का शिब बुढा, ७ का २१ बर्षिय अमृता शाही राना र उनका अन्दाजी ५ बर्षका आयुश राना १४ का २० बर्षिय रुपसिंह कार्की ७ का २२ बर्षिय महेन्द्र शाही सोरु गााउपालिका—३ का मनरुप कुमाई, रहेका छन । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ बर्षका  प्रदिप स्वरणकार रहेका छन् ।

उपचारका क्रममा नेपालगन्ज नर्सिङ होममा लगिएका छाँयानाथ रारा नगरपालिका—४ का १८ वर्षिय चन्द्रप्रकाश भाम, सोही नगरपालिका— ७ का उमेर नखुलेका आदित्य विक्रम शाही, शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाँउपालिका— ८ का २३ वर्षिय आईतसिंह कामी र छाँयानाथ रारा नगरपालिका—८ का २८ वर्षिय टोपबहादुर बिष्टको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरू

साे क्रममा घाईते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका— ५ का अन्दाजी ३५ बर्षिय प्रेम बहादुर रावल सोही नगरपालिका वडा नं. १ का २१ बर्षिय शुक्रराज मल्ल, वडा नं. ८ का २१ बर्षिय रतनसिंह रावल, वडा नं. ७ का १८ बर्षिय शैलिन्द्र शाही सोही वडाका २१ बर्षिय गणेश बहादुर रावल, वडा नं. १ कि ९ बर्षिया सुस्मिता शाही, वडा नं. ८ कि २० बर्षिया सम्झना रावल, वडा नं. ११ की ३१ बर्षिया रेखा सावद, वडा नं. ५ का लक्ष्मिचन्द्र रावल, वडा नं.  १४ की दन्ता बुढा रहेका छन् । उनीहरूकाे हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेकाहरूमा छाँयानाथ रारा नगरपालिका वडा नं. १३ की ७ वर्षीया सुजनता बम, वडा नं. ११का हर्ष बहादुर सावद र जिल्ला अस्पताल मुगुमा उपचाररत छाँयानाथ रारा नगरपालिका– ३ की ६ बर्षिया भुमिका बुढा रहेका छन् ।

मृतकहरुको जिल्ला अस्पताल, मुगुमा सनाखत भई पोष्टमार्टमपछि दाहसंस्कारका लागि घरपरिवारलाई शव जिम्मा लगाउने तयारी भईरहेको प्रनाउ भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित : २०७८ असोज २७ गते १२:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI