नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाईनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २७ गते १८:४८
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाईनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपालले फाइनलमा स्थन बाएको हो ।

यो ऐतिहासिक सफलता नेपाली टोलीले बंगलादेशविरुद्धको खेलको ८८ औं मिनेटमा सम्भव तुल्याएको थियो ।

खेलको नवौ मिनेटमा नै अस्वभाविकरुपमा पछि परेको नेपालले बराबरीमा उभिन ८८ औं मिनेटसम्म कुर्नु पर्यो । ७९ औ मिनेटमा डिबक्स बाहिर आएर हातले बल रोक्दा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएपछि बगलादेश १० खेलाडीमा सीमित बनेको थियो । निरन्तर बंगलादेशको पोलमा दबाब दिइरहेको नेपालले खेलको ८८ औ मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरी गरेको हो । पेनाल्टीलाई अञ्जन विष्टले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए ।

यस अघि पाँच पटक नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । आजको खेलमा अधिकांश समय गोल नियन्त्रणमा लिए पनि नेपाली खेलाडी बारम्बार चुक्दै आएका थिए । प्रशिक्षक अब्दुल्ला अल्मुतारीले सुरुदेखि नै आक्रमक खेल खेलाएका थिए ।

यस अघि खेलको नवौं मिनेटमा बंगलादेशका जर्सी नम्बर सातका खेलाडी सिमोन रेजाले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

माल्द्धिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले जितको दावी गरेपनि बराबरी नै काफी भएको छ फाइनल उत्रनका लागि । अब नेपालले आयोजक माल्द्धिभ्स र भारतबीचको विजेतासंग उपाधिका लागि भिड्ने छ ।

प्रकाशित : २०७८ असोज २७ गते १८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI