दशैंको शुभकामना दिंदै मुख्यमन्त्री नेपालीले भने, ‘चाड मनाउँदा मापदण्ड पालना गरौं’

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २९ गते ९:२०
दशैंको शुभकामना दिंदै मुख्यमन्त्री नेपालीले भने, ‘चाड मनाउँदा मापदण्ड पालना गरौं’

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताएका छन् ।

विजयादशमी÷बडादशैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्नुका साथै समायानुकुल बनाउनुपर्ने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्नेमा म विश्वस्त छु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर र राष्ट्र हो भन्दै मुख्यमन्त्री पोखरेलले विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम रहेको उल्लेख गरेका छन् । ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।’

दसैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको उनको भनाइ छ । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार रहेको मुख्यमन्त्री पोखरेलले जारी गरेको शुभकामना सन्देशमा उल्ल्ेख छ ।

बडादशैं २०७८ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण प्रदेशवासी र नेपालीहरुमा उनले अनुरोध गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को खतरा अझै कायमै रहेकाले नेपाल सरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाएर खुसियाली साट्न उनले हार्दिक अपिल गरेका छन् ।

प्रकाशित : २०७८ असोज २९ गते ९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI