No ads found for this position

मेघगर्जन र चट्याङसहित दशैभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३१ गते ८:१३
No ads found for this position
मेघगर्जन र चट्याङसहित दशैभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
No ads found for this position

काठमाडौं । न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै सातवटै प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

आज राति देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार भने सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पश्चिम नेपालसहित पूर्वी नेपालमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।

हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित : २०७८ असोज ३१ गते ८:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI