No ads found for this position

अस्ताए सन्चारकर्मी नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३१ गते ९:०३
No ads found for this position
अस्ताए सन्चारकर्मी नेपाल
No ads found for this position

चितवन । मष्तिस्कघातका गम्भिर विरामी परेका चितवनका पत्रकार द्धारिका नेपालको आज विहान निधन भएको छ ।
गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुर जाने क्रममा असोज २५ गते बाराको तामागढी जंगलमा पुग्दा एक्कासी मष्तिस्कघात भै अर्धचेत अवस्थामा पुगेका उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भैरहेको थियो । चितवनमा उपचार सम्भव नभएपनि हेलिकोप्टर मार्फत उनलाई असोज २६ गते काठमान्डौ लगिएको थियो ।
लामो समयदेखि चितवनको कालिका एफ एममा कार्यरत उनि  प्रेस चौतारी नेपाल बाग्मती प्रदेश कमिटि सदस्य समेत हुन् ।गजल मंच चितवनको अध्यक्ष समेत रहेका उनि विभिन्न विद्यालयहरुमा प्राध्यापन गर्दै आएका थिए ।
भरतपुर महानगरपालिका वडा नं. १० रमाईलोचोक स्थित निवासमा विहान ११ वजेपछि अन्तीम श्राद्धन्जलीका लागि पार्थिव शरिर राखिने र आजै पवित्र तिर्थस्थल देवघाटमा अन्तेष्टी गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ । नेपालका श्रीमती, एक छोरी र एक छोरा छन् ।

प्रकाशित : २०७८ असोज ३१ गते ९:०३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI