No ads found for this position

मनकामना दर्शन गर्न आए भारतीय केन्द्रिय वित्त राज्यमन्त्री चौधरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३१ गते १२:४८
No ads found for this position
मनकामना दर्शन गर्न आए भारतीय केन्द्रिय वित्त राज्यमन्त्री चौधरी
No ads found for this position

नारायण शर्मा/पूर्वी नवलपरासी — भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।

उनी अहिले पूर्वी नवलपरासीमा छन् । यहाँको हर्कपुरमा रहेको विनोद चौधरीको होटल उन्नती कल्चरल भिलेजमा चिया पिउन उनी बसेका छन् । उनीसँगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेता रहेका पत्रकार अजय चौहानले जानकारी दिए । मन्त्री तीनवटा भारतीय गाडी र दुईवटा नेपाली गाडीमा आइपुगेका छन् । उनी भारतीय जनता पार्टीका नेता हुन् । अर्थमन्त्री पंकज चौधरी स्थलमार्ग हुँदै नवलपरासी आएको र उनको उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले पुष्टि गरेका छन् ।

उनको भ्रमण धार्मिक तथा नीजि रहेको बताइएको छ । गोर्खास्थित सुरक्षा स्रोतका अनुसार उनी आज मनकामनाको एक होटलमा रात बिताउने छन् । भोलि बिहान पुजाआजा गरेर फर्किने कार्यक्रम रहेको छ । मनकामना मन्दिर र उनी बस्ने होटल आसपासमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।

प्रकाशित : २०७८ असोज ३१ गते १२:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI