गुल्मीकी संगीता गैरे ९ बर्षीय छोरासहित रूपन्देहीबाट वेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १ गते ७:५८
गुल्मीकी संगीता गैरे ९ बर्षीय छोरासहित रूपन्देहीबाट वेपत्ता

रुपन्देहीमा एक ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । असोज २२ गतेदेखि वेपत्ता उनी घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए ।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे ।

आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले जानकारी दिए । संगीता बिगत सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।

प्रकाशित : २०७८ कार्तिक १ गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI