अफगानिस्तानमा ऋण तिर्न छोराछोरी बेच्दै अभिभावक

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १ गते ८:३६
अफगानिस्तानमा ऋण तिर्न छोराछोरी बेच्दै अभिभावक

एजेन्सी । अफगानिस्तानमा गरीबीको चपेटमा परेका अभिभावकहरू ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य भएका छन् ।

द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टका अनुसार पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ५५० डलरमा बेचेका छन् । उनले ऋण लिएको व्यक्तिलाई आफ्नी ३ वर्षीया छोरी बेचेकी हुन् ।

रिपोर्टका अनुसार उनले ५५० डलर तिर्नुपर्ने थियो । तर, उनले दैनिक ७० सेन्ट मात्रै कमाउँछन् । उनका पति बेरोजगार बसिरहेका छन् । आफू भोकभोकै सुत्ने गरेकी पनि बताएकी छन् ।

उनी भन्छिन्, ‘यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ । आज राति हामीले केही पनि खाएको छैन । छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु ।’

उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो । उनी भन्छन्, ‘मसँग पनि त पैसा छैन । र उनीहरुले तिर्न सकिरहेका छैनन् । त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन ।’

गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरीबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो । यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ ।

प्रकाशित : २०७८ कार्तिक १ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI