No ads found for this position

टी–ट्वान्टी विश्वकप : स्कटल्याण्डसँग बंगलादेश पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १ गते ८:४६
No ads found for this position
टी–ट्वान्टी विश्वकप :  स्कटल्याण्डसँग बंगलादेश पराजित
No ads found for this position

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा बंगलादेश पराजित भएको छ । गएराति ओमानको अल अमिरात मैदानमा भएको पहिलो चरणको खेलमा बंगलादेशलाई स्कटल्याण्डले ६ रनले हराएको हो ।

स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका मुस्फिकर रहिमले ३८ तथा कप्तान महमुदउल्लाहले २३ रन जोडे । स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ तथा जर्ज मुन्सेले २९ रन बनाए । बंगलादेशका मेहदी हसनले ३ तथा मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए । विश्वकपको पहिलो चरण अन्तर्गत ओमानले विजयी सुरुआत गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पहिलो चरणमा खेल्नेमध्ये आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह बी मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछन् ।

प्रकाशित : २०७८ कार्तिक १ गते ८:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI