नवलपुरमा बस दुर्घटना : ४२ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १ गते १२:००
नवलपुरमा बस दुर्घटना : ४२ जना घाइते

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१० मा बस पल्टिँदा ४२ जना घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार त्रिवेणीबाट काठमाण्डौँको लागि छुटेको लु १ ख ९४७६ नम्वरको बस अरुणखोला र दुम्किबासको विचमा पर्ने जंगलमा आफै अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो ।
घाईते मध्ये ३७ जनालाई उपचारकोलागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याईएको बाँकि ५ जनाको दुम्किबास पोलिक्लिनिकमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
बस घटनास्थलमै रहेको साथै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।

प्रकाशित : २०७८ कार्तिक १ गते १२:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI