एमालेले देशै भरका वडामा कार्तिक ६ गते अधिवेशन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १ गते १२:१६
एमालेले देशै भरका वडामा कार्तिक ६ गते अधिवेशन गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकै दिन एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् ।

वडा अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा गर्ने बताइएको छ । त्यसलगत्तै कात्तिक ९ गते पालिका (स्थानीय तह)हरुमा पनि अधिवेशन गर्ने तयारी रहेको जनाइएको छ । हाल मुलुकभर ७५३ स्थानीय तह रहेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १ गते १२:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI