देवचुलीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २ गते १७:२५
देवचुलीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गयो

भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिकामा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् । गएराति ११ः३० को समयमा देवचुली नगरपालिका १० मिलनटोलमा भएको मोटर साईकल दुर्घटनामा २७ वर्षिय तिलक भुसालको निधन भएको छ भने २५ वर्षिय लक्ष्मण भुसाल गम्भिर घाईते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ आउदै गरेको लु ४३ प २७०९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा घाईते दुवै जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो ।
त्यस्तै आज विहान १०ः३० को समयमा देवचुली १३ दलदलेमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा देवचुली २ दुम्कौली बस्ने वर्ष ६० को कर्ण बहादुर पंजियार गम्भिर घाईते भएका छन् । उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।

प्रकाशित : २०७८ कार्तिक २ गते १७:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI