No ads found for this position

वर्षा पछिको बाढीले कावासोतीमा पुल भत्कायो, खानेपानीको पाईप बगायो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ३ गते ११:३१
No ads found for this position
वर्षा पछिको बाढीले कावासोतीमा पुल भत्कायो, खानेपानीको पाईप बगायो
No ads found for this position

खगेन्द्र पराजुली,
नवलपुर, कार्तिक ३ । कावासोती नगरपालिकाको वजारक्षेत्र र वडा नं. ४ हसौरा जोड्ने केरुङ्गे खोलामाथीको पुलको आडैको फाउण्डेसन बाढीले भत्काउँदा आवागमन ठप्प भएको छ ।असार, साउन र भदौमा खोलामा आएको बाढीले थोरै थोरै गर्दै क्षति पुर्याएको फाउण्डेसनमा गएरातीको बर्षातले सडक र पुललाई अलग बनाएको छ ।

स्थानीय उमेश डुम्रेका अनुसार अहिले उक्त पुलबाट पैदल वारपार गर्न सकिने भएपनि अन्य सवारी साधनहरु आउ–जाउ गर्न नमिल्ने गरी क्षति भएको छ ।

नवलपुर सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको वडा नं. ४ को हसौरा जोड्ने सो पुल अवरुद्ध हुँदा हुप्सेकोट गाउँपालिकाका शंखदेव, जुँगेपानी लगायतका स्थानीयको दैनिकीमा असहज पुग्ने भएको छ ।

यस्तै, केरुङ्गे खोलाको बाढीले कावासोती खानेपानी उपभोक्ता संस्थाको खानेपानी पाईपमा क्षति पुर्याएको छ ।

खानेपानी संस्थाका अध्यक्ष भीमलाल कंडेलका अनुसार यसअघिको बाढीले क्षति पुर्याएपछि अस्थायी रुपमा समस्या समाधान गरिएको पाईपलाईनमा गएरातिको वाढीले क्षति पुरयाएको हो ।

पाईपलाईनमा क्षति भएपछि कावासोती नगरपालिकाका वडा नं.६, ५ र २ का माथिल्लो भेगमा र अन्य वडामा पानी वितरणमा आशिंक प्रभाव पर्ने जनाईएको छ ।

अध्यक्षले कंडेलले स्थायी समाधान मंसीर यता गर्न नसकिने भएकाले अस्थायी समस्या समाधानका लागि छिटै पहल हुने बताएका छन् ।

प्रकाशित : २०७८ कार्तिक ३ गते ११:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI