कञ्चनपुरमा महाकाली गाउँ पस्ने खतरा, २७ सयलाई सुरक्षित स्थानमा सारियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ३ गते १२:१५
कञ्चनपुरमा महाकाली गाउँ पस्ने खतरा, २७ सयलाई सुरक्षित स्थानमा सारियो

कञ्चनपुरमा महाकाली नदी गाउँ पस्ने खतरा बढेको छ । पानीको बहाव घट्दै गए पनि तीव्र रूपमा कटान जारी रहेकाले महाकाली गाउँ पस्ने खतरा बढेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार भीमदत्त नगरपालिका–१२ र १३ का ओदाली, बडैपुर र पिपरैया क्षेत्रमा महाकालीको बढी जोखिम छ । यसबाहेक दोधाराचाँदनी नगरपालिका–९ र १० नम्वर वडामा समेत जोखिम छ ।

जोखिमलाई मध्यनजगर गर्दै २७ सय स्थानीयलाई सुरक्षित स्थानमा सारिएको डीएसपी न्यौपानेले बताए । महाकाली नदीले ‘भाइरल रोड’ भनेर चिनिने कालोपत्रे सडक पूर्ण रूपमा बगाएको छ । सोही क्षेत्रबाट महाकाली बस्तीतर्फ सोझिने खतरा बढेको बताइएको छ ।

प्रकाशित : २०७८ कार्तिक ३ गते १२:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI