आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली,अझै भारी वर्षाको सम्भावना छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ४ गते ७:४३
आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली,अझै भारी वर्षाको सम्भावना छ ?
afnLsf] gf; /fhlj/fh, # sflQsM ;'Gb/L vf]nfdf cfPsf] af9Ln] ;Kt/Lsf] lt?xt ufpFkflnsf / sGrg?k gu/kflnsfl:yt v]tdf k;]/ wfgafnLdf Iflt k'¥ofPkl5 lrlGtt x'Fb} ls;fg . tl:a/M c?0fs'df/ ofbj÷/f;;

आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरुका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

आज राति देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश  १ र गण्डकी  प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा र पहिरोको सम्भावना अब नरहेको मौसमविद्  पौडेलले जानकारी दिए । उनका अनुसार केही दिन परेको निरन्तरको भारी वर्षा गराउने प्रणाली बााहिरिसकेकाले अब ठूलो वर्षा हुने छैन ।

“काठमाडौंमा आज बिहानबाट घाम लाग्न थालिसकेको छ । घाम पूर्णरुपमा नलागेर बदली भए पनि अब भारी वर्षा हुने छैन,” पौडेल भन्छन्, “यस अघिको प्रणालीको केही छुटपुट अंशका कारण बदली र वर्षा भए पनि त्यसले ठूलो वर्षा हुँदैन । छिटपुट वर्षा मात्रै गराउने छ ।”

हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको उनले बताए ।

प्रकाशित : २०७८ कार्तिक ४ गते ७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI