बाढी–पहिरो अपडेट : मृत्यु हुनेको संख्या १११ पुग्यो, ४४ वेपत्ता, ३७ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ५ गते १६:२३
बाढी–पहिरो अपडेट : मृत्यु हुनेको संख्या १११ पुग्यो, ४४ वेपत्ता, ३७ घाइते

काठमाडौं । वर्षासँगै आएको बाढी–पिहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । विभिन्न जिल्लामा बाढी–पहिरो जाँदा अहिलेसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता बसन्त कुँवरले अहिलेसम्म १११ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । ‘‘४४ जना वेपत्ता छन् । ३७ जना घाइते भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको टोलीले खोजीकार्य जारी राखेको छ,” प्रवक्ता कुँवरले भने ।

सोमबारदेखिको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेका छन् ।

प्रकाशित : २०७८ कार्तिक ५ गते १६:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI