नवलपुरका ८६ वडामा एमालेको वडा अधिवेशन हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ६ गते ७:५८
नवलपुरका ८६ वडामा एमालेको वडा अधिवेशन हुँदै

कावासोती । नेकपा एमालेको आज नवलपुरका ९२ वडा सहित देशै भरको छ हजार सात सय ४३ वडा अधिवेशन हुने भएको छ ।एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने निर्णय भए अनुरुप आज देशै भरका वडाहरुको वडा अधिवेशन हुन लागेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा आज एकैसाथ वडा अधिवेशन उद्घाटन गनु हुने भएको हो ।
नवलपुर जिल्लाका भने ९२ वडा मध्य ६ वटा वडा हरुको वडा अधिवेशन सम्पन्न गरीसकेको नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज एवम् संधिय सासद तिलम महतले जानकारी दिनुभयो । हाल सम्म अधिवेशन सम्पन्न भएका ६ बटै वडाहरु मध्यविन्दु नगरपालिका भित्र रहेका वडाहरु रहेका छन ।
एमाले कार्यालय सचिब नारायण तिमल्सीनाले अनुसार आज ११ बजे देखी ८६ बटै वडाको अधिबेश शुरुहुने जानकारी दिनु भएको छ ।

यसैबिच नेकपा एमाले नवलपुर जिल्ला कमिटिको कावासोतीमा बैठक सम्पन्न भएको छ । नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज एवम् संधिय सासद तिलम महतको प्रमुख आतिथ्यता एवम् एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारीको विशेष आतिथ्यता र एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैठकले एमालेको आगामी कात्तिक ९ गते हुने पालिका अधिवेशनका लागी आवश्यक नितिगत निर्णय गरेको जिल्ला पाटी सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो, सचिब श्रेष्ठका अनुसार खुल्ला, महिला, जनजाती संगठित सदस्यहरुमा ५ जना संगठित सदस्य वरावर १ जना प्रतिनिधि, दलित ३ जना बराबर १, अल्पसख्यक एवम् सिमान्तकृत २ वरावर १ र अपाङ्ग र श्रमिकमा भने १ जना बरावर १ जना प्रतिनिधि रहने व्यावस्था गरीएको जानकारी दिनुभयो । एमालेको देशै भरको नगर अधिबेशन आगामी कार्तिक ९ गते हुदैछ ।

प्रकाशित : २०७८ कार्तिक ६ गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI