आज पनि मौसम बदली : हल्का देखि मध्यम वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ६ गते ८:३२
आज पनि मौसम बदली : हल्का देखि मध्यम वर्षा

काठमाडौँ । आज पनि देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा ठूलो असर गर्ने मौसमी प्रणाली नभए पनि विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुनेछ ।

शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनसक्ने महाशाखाको भनाइ छ ।

आगामी सोमबार सम्म मौसममा यस्तै बदली रहने जनाइएको छ । सामान्य बदलीसँगै देशका केही स्थानमा पानी पर्ने हुनसक्छ । तर ठूलो वर्षाको सम्भावना नदेखिएको महाशाखाको भनाइ छ ।

प्रकाशित : २०७८ कार्तिक ६ गते ८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI