No ads found for this position

सातवटै प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमालमा हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ७ गते ८:०७
No ads found for this position
सातवटै प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमालमा हिमपातको सम्भावना
No ads found for this position

काठमाडौं । आज पनि देशका विभिन्न क्षेत्रमा पानी पर्ने भएको छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले (बिहान) हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आ राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । वाग्मती प्रदेश र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ कार्तिक ७ गते ८:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI