वेस्ट इन्डिज इंग्ल्यान्डसँग पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ७ गते ८:१०
वेस्ट इन्डिज इंग्ल्यान्डसँग पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा साबिक विजेता वेस्ट इन्डिज इंग्ल्यान्डसँग पराजित भएको छ । गएराति भएको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले दिएको ५६ रनको लक्ष्य इंग्ल्यान्डले मात्र आठ ओभर दुई बलमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

इङ्ग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे । जासन रोय ११ रनमा आउट हुँदा जोनी बेयर्सटोले ९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे ।

योसँगै इंग्ल्यान्डले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । दुई अंक जोडेको छ । साबिक विजेता वेस्ट इन्डिजले पहिलो खेलमै लज्जास्पद पराजय व्यहोर्‍यो ।

प्रकाशित : २०७८ कार्तिक ७ गते ८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI