भारत–पाकबीच ७० वर्षदेखिको दुस्मनी भिडन्त ‘क्रिकेट युद्ध’, यस्तो थियो पहिलो सिरिज

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ७ गते १५:०३
भारत–पाकबीच ७० वर्षदेखिको दुस्मनी भिडन्त ‘क्रिकेट युद्ध’, यस्तो थियो पहिलो सिरिज

काठमाडौं । आईसीसी टी–२० क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । सुपर १२ को पहिलो भिडन्तमा दुवै टिम आमने सामने हुन लागेका हुन् । खेल यूएईको दुबई मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ ।

खेल क्रिकेट भए पनि भारत र पाकिस्तानबीच खेलमा मात्र सीमित हुँदैन । त्यहाँ राष्ट्रवाद नै लुकेको हुन्छ । हुनत हरेक देशबीचको खेलमा राष्ट्रवाद लुकेको हुन्छ । तर भारत र पाकिस्तानबीच खेल नभई हरेक पटक प्रतिष्ठा लुकेको हुन्छ । खेलाडीहरु दिलो ज्यान लगाएका खेलेका हुन्छन् ।

पछिल्लो ७० वर्षदेखि दुवै देशबीच आपसी भिडन्त जारी छ । त्यो भिडन्त चाहे बाहिर होस् वा क्रिकेट मैदानमा । सन् १९४७ मा भारत विभाजन भयो । जसबाट पाकिस्तान नयाँ राष्ट्र जन्मियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पाकिस्तानलाई सन् १९५२ मा मान्यता दियो । मान्यता पाउना साथ पाकिस्तानले भारत भ्रमण गर्ने फैसला लियो ।

पाकिस्तान ५ टेष्ट क्रिकेट खेल्न भारत आएको थियो । पहिलो खेलमा भारत एक इनिङ्स र ७० रनले जित्यो । अर्थात् भारतले ३७२ रन बनायो । पाकिस्तानले दुवै इनिङ्समा गरेर ३०२ रन बनायो ।

दोस्रो खेल लखनउमा भयो । पाकिस्तानले एक इनिङ्स र ४३ रनले खेल जित्यो ।

तेस्रो टेष्ट मुम्बई (तत्कालीन बम्बे) मा भयो । भारतले उक्त खेल जित्यो ।

बाँकी रहेका दुई खेल बराबरीमा सकिए । दर्शकको दबाबका कारण दुवै टिम ‘डिफेन्सिभ’ खेलेका कारण परिणाम आएन ।

त्यसउप्रान्त दुई देशबीचको क्रिकेट राजनीति जारी छ । दुवै देशले कुनै पनि विश्वकपमा खेलेनन् भने सम्भवतः जति रौनक हुनुपर्ने हो त्यति हुँदैन होला ।

टी–२० विश्वकपमा भारत र पाकिस्तानले एक एक पटक विश्वकप जितेका छन् । भारतले सन् २००७ को पहिलो विश्वकप जितेको थियो भने त्यस लगत्तै सन् २००९ को विश्वकप पाकिस्तानले जित्यो ।

सन् २०१० को विश्वकप इङ्गल्याण्डले, सन् २०१२ को वेष्ट इन्डिजले, सन् २०१४ को श्रीलंकाले र सन् २०१६ को विश्वकप वेष्ट इन्डिजले जित्यो ।

 

प्रकाशित : २०७८ कार्तिक ७ गते १५:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI