वर्षा र हिमपातको सम्भावना, कृषि कार्य र यात्रा गर्दा सतर्क हुन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ८ गते ८:४९
वर्षा र हिमपातको सम्भावना, कृषि कार्य र यात्रा गर्दा सतर्क हुन आग्रह

काठमाडौं । आज पनि देशका विभिन्न भागमा वर्षा हुने भएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । मौसमविद् सजना शाक्यका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।

“काठमाडौंमा आज पनि मौसममा बदली हुने छ । पानी पर्ने सम्भावना रहेको छ,” उनले भनिन्, “तर, उपत्यकाभरी सबैतिर पानी पर्छ भन्ने छैन । केही स्थानमा मात्रै पानी पर्न सक्छ ।”

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, वाग्मती र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ ।

वर्षा तथा उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकोले कृषिजन्य कार्य  र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद् शाक्यको आग्रह छ ।

प्रकाशित : २०७८ कार्तिक ८ गते ८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI